एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल विजयी

सिड्नी : गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल विजयी हुनु भएको छ । पोखरेल आगामी कार्यकाल २०२३-०२५ को लागि अध्यक्षमा निर्वाचीत हुनु भएको हो । पोखरेल यसअघिको कार्यकालमा कोषाध्यक्ष रहनु भएको थियो ।

पोखरेल ५ हजार २ सय ६७ मत ल्याउँदै विजयी हुनु भएको हो । अध्यक्षका प्रत्यासी देव गुरुङले ३ हजार ३ सय ८० र डिला खरेलले ३ हजार ३ सय ४७ मत प्राप्त गर्नु भयो ।

त्यस्तै, महासचिवमा सन्तोष कुंवर विजयी हुनु भएको छ भने सचिवमा थिर गुरुङ, कोषाध्यक्षमा अर्जुन गौतम, सहकोषाध्यक्षमा रोजी पन्त, युवा संयोजक सुमन बोहरा र सहसंयोजकमा दीमन राजोपाध्याय विजयी बनेका छन् । यसैगरी युवा सचिवमा पुकार घिमिरे र युवा कोषाध्यक्षमा अस्मिन घिमिरे निर्वाचित हुनुभयो ।

६ राज्य तथा दुई टेरीटोरीमध्ये दक्षिण अस्ट्रेलिया, नर्दन टेरीटोरी, क्युन्सल्याण्ड, क्यापिटल टेरीटोरी र पश्चिम अस्ट्रेलियामा यसअघि नै सर्वसम्मतले नेतृत्व चयन भइसकेको छ । संजयराज पुरी, संजीव ढकाल, सम्भु घैसे, बिक्रम सुवेदी र शेखर घिमिरे चयन हुनुभएको हो । बाँकी ३ राज्यमा न्यु साउथ वेल्समा विनोद बहादुर कुंवर, भिक्टोरियामा मणि रतन सापकोटा र तास्मानियामा जगदीश खड्का चयन हुनु भएको छ ।

एनआरएनएको महिला संगठन नारी निकुञ्जको संयोजकमा संगीता भण्डारी चापागाईं र सह संयोजकमा रत्ना गौतम पनि निर्विरोध चयन हुनु भएको छ । नारी निकुञ्जकै सचिवमा अर्चना गौतम निर्वाचित भएकी छन् भने कोषाध्यक्षमा मनिला पाण्डे निर्विरोध हुनु भएको छ ।

आइसिसी सदस्यहरुमा क्रमश डा भरतराज पौडेल, सुजन अधिकारी, डिल्लीराम ढकाल, दिनेश अधिकारी, मदन पौडेल, नारायण कटुवाल, रमेश अधिकारी, टीकाराम भुर्तेल निर्वाचीत हुनु भएको छ । अस्ट्रेलियाभर १४ हजार ५ सय ६२ मतदातामध्ये १२ हजार ६ सय १७ जनाले मतदान गरेका थिए ।


प्रकाशित | १४ श्रावण २०८०, आईतवार ०७:२७