एनआरएनए जापानको लेटरप्याड र लोगो प्रयोग गरी समानान्तर गतिविधि नगर्न चेतावनी

टोकियो – गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको लेटरप्याड र लोगो प्रयोग गरी समानान्तर गतिविधि तुरून्त बन्द गर्न चेतावनी दिएको छ । एनआरएनए जापानको लेटरप्याड र लोगो प्रयोग गरी समानान्तर गतिविधि गरिएको भन्दै तुरून्त बन्द गर्न आग्रह गरिएको हो ।

एनआरएनए जापानले एक विज्ञप्ति जारी गर्दै गत जुलाई ३० तारिखमा सम्पन्न निर्वाचन भएपछी गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषद, एसिया प्यासिफिक र निर्वाचन मण्डलबाट समेत आधिकारिकता प्राप्त गरि नयाँ कार्यसमितिको शपथग्रहण सम्पन्न भई नियमित रूपमा काम कार्बाही निरन्तर गर्दै आएको बताउँदै समानान्तर गतिविधि नगर्न भनेको छ ।

विज्ञप्ति अनुसार संघको तत्कालीन कार्यवाहक अध्यक्ष अनिता गुरूङ आफैले आफ्नै अध्यक्षतामा बैठक राखी आइसिसि कोषाध्यक्ष महेश कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा एसिया प्यासिफिक संयोजक रोविन्द्र श्रेष्ठ गोबिन्द ,उपसंयोजक एवं अधिवेशन अध्यक्ष मण्डलका संयोजक पारसमणि पोखरेल लगाएत एनआरएनए जापानका पुर्व अध्यक्षहरु, आईसिसी सदस्यहरु र एनआरएनए जापानका कार्यसमितिको उपस्थितीमा २०२१ को जुलाई २७ मा तय गरिएको निर्वाचनको मिति विविध कारण देखाई तिन दिन पछि सार्ने र निर्वाचन सम्बन्धित केही मापदण्डहरू निर्धारण गरि उपस्थिती सम्पुर्णको सहमतिमा अधिवेशन गर्ने निर्णय गरि निर्णय अनुरूप ३० तारिखमा निर्वाचन सम्पन्न भएको थियो ।

केही निर्वाचनका प्रत्याशीहरूले निर्वाचन नतीजा आफ्नो अनुकूल नआएपछी पछिल्लो समय केही भ्रमात्मक बिबादको सिर्जना गरि सम्मानित अदालतको आदेशलाई समेत अवज्ञा गर्दै आफैबाट बिगठन गरेको कार्यसमितिलाई मनमानी तरिकाबाट निर्वाचन परिणामको धज्जी उडाउदै संकीर्ण सोचबाट पुनः निरन्तर भन्दै संस्थाको लेटरप्याड र लोगो प्रयोग गरि समान्तर गतिबिधी गर्न खोज्नु संस्थागत चेतनास्तरको अभाब भएको उल्लेख छ ।

साथै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान र यस अन्तर्गत रहेका क्षेत्रिय समितिहरूले संयुक्त रूपमा घोर भर्त्सना गर्दै यस्ता गतिबिधी तुरून्त बन्द गर्न चेतावनी दिएको छ ।

No description available.


प्रकाशित | १३ पुष २०७८, मंगलवार २१:२१