बलिउड गायिका कनिका कपुरको रिपोर्ट नेगेटिभ

काठमाडौं : कोरोना भाइरस संक्रमणको रिपोर्ट नेगेटिभ आएको छ । पाँच पटकसम्म पोजिटिभ देखिएको उनको रिपोर्ट छैठौं पटकमा मात्र नेगेटिभ देखिएको हो ।लखनउस्थित सञ्जय गान्धी पोस्ट ग्रयाजुएट इन्स्टिच्युटमा उनको उपचार भइरहेको छ । शुरुका पाँच परिक्षणमा लगातार उनलाई कोरोनाको संक्रमण पोजिटिभ देखिएको थियो ।

डाक्टरले उनको अवस्था खतरामुक्त रहेको बताउँदै आएका थिए । तर उनका आफन्त र शुभचिन्तक निराश हुन थालिसकेका थिए । करिब १ महिनाअघि बेलायतबाट फर्किएपछि उनमा कोरोनाको संक्रमण भेटिएको थियो ।


प्रकाशित | २४ चैत्र २०७६, सोमबार २०:०६