पाल्पामा वम विस्फोट

पाल्पा : पाल्पामा वम विस्फोट भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिकाको कार्यालय परिसरमा बिहीवार वम विष्फोट भएको हो । कार्यालय नजिकै रहेको सेवाग्राही बस्ने प्रतिक्षालयमा वम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिनुभयो । विष्फोटबाट प्रतिक्षालय र गाउँपालिकाको कार्यालय भवनमा क्षति पुगेको छ। कार्यालयको झ्यालका सिसा फुटेका छन्। बिहीबार बिहान साढे एक बजेतिर भएको विस्फोट कस्ले र किन गराएको हो भन्ने बारे अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ ।


प्रकाशित | ५ बैशाख २०७६, बिहीबार ०७:३३