काठमाडौँ : भारतको जयनगरदेखि जनकपुर–कुर्था खण्डमा रेल सञ्चालन गर्न तत्काल आदेश पाए एक महिनाभित्र रेल सञ्चालन गर्न सकिने रेल विभागले जनाएको छ ।
यसका लागि सम्पूर्ण पूर्वाधार तयारी अवस्थामा रहेको विभागका महानिर्देशक बलराम मिश्रले बताए । ‘रेलमार्ग र रेलगाडीलगायत पूर्वाधार तयारी अवस्थामा छ । आदेश पाए एक महिनाभित्र सञ्चालन गर्न सक्छौँ ।’ उनले भने ।
विभागले ३५ किमि रेलमार्गसहित २ थान रेलगाडी तयारी अवस्थामा राखेको जनाएको छ । रेलगाडी खरिदका लागि सरकारले यसअघि करिब ८५ करोड रुपैयाँ रकम विनियोजन गरिससकेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
प्रकाशित | १२ फाल्गुन २०७६, सोमबार ०८:२५