सभापतिको दौडबाट पछि हट्दिन, सहमति भए बाधक बन्दिन : डा शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापतिका आकाक्षी डा शेखर कोइरालाले रामचन्द्र पौडेलका नाममा समर्थन गर्ने संकेत गर्नु भएको छ । पौडेल निवास बोहोराटार पुगेर डा.कोइरालाले साझा उम्मेदवार बन्न सक्ने अवस्था आए आफ्नो समर्थन पौडेललाई नै रहने बताउनु भयो ।

उहाँले सहमतिका आधारमा साझा उम्मेदवार चयन गर्नुपर्ने धारणा राख्नु भयो । बहुसंख्यक केन्द्रीय सदस्य तथा प्रतिनिधिहरुको सुझाव अनुसार पौडेलको नाममा सबैको समर्थन रहे आफू ब्याक हुने संकेत उहाँले गर्नु भएको हो । तर अरुकै नाममा सहमति भए सभापतिको दौडबाट भने पछि नहट्ने उहाँले बताउनु भयो ।


प्रकाशित | २३ मंसिर २०७८, बिहीबार १८:३२