काठमाडौंको आकाशमा आँखा पोल्ने तुवाँलो, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह

काठमाडौं । काठमाडौंको आकाशमा आँखा पोल्ने बाक्लो तुवाँलो लागेको छ । बिहानैदेखि काठमाडौंको आकाशमा तुवाँलो लागेको हो । काठमाडौंसहित देशभरको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक अत्यधिक बढेको छ । वातावरण विभाग अन्तर्गतको वायु गुणस्तर मापन केन्द्रले प्रदुषणले जोखिमको तह नाघेको जनाएको छ ।

मेचीदेखि महाकालीसम्मकै चुरेदेखिमाथि हिमाली क्षेत्रसम्मकै जंगलमा डढेलो लागेका कारण अधिकांश आकाश धुवाँले ढाकेको तस्बिर नासाले सार्वजनिक गरेको छ । आसपासका जंगलमा पनि डढेलो लागेका कारण काठमाडौं उपत्यकामा प्रदुषण बढेको हो ।

मुलुकका धेरै स्थानमा एकैपटक डढेलो लागेको र लामो समयदेखिको खडेरीका कारण वायुमण्डलमा प्रदूषण बढेको हो । अहिले ५४ जिल्लाका ४ सय ३७ भन्दा बढी स्थानमा डढेलो लागेको छ ।

वायु प्रदूषणका कारण खासगरी फोक्सो, मुटु र दिमागमा असर पर्ने चिकित्सकले जनाएका छन् । धुवाँसहितको वायु प्रदूषणका कारण आँखा चिलाउने, खोकी लाग्नेलगायतका स्वास्थ्य समस्या समेत देखिन थालेको छ । यस्ता समस्याबाट बच्न घरभित्रै सुरक्षित बस्नुपर्ने विज्ञले आग्रह गरेका छन् ।

त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन अपिल समेत गरेको छ । मन्त्रालयको बिज्ञप्तिसहित ;-


प्रकाशित | १३ चैत्र २०७७, शुक्रबार १८:५९