आज विश्व एड्स दिवस : नेपालमा संक्रमितमध्ये ६९ प्रतिशत उपचारको दायरमा

काठमाडौँ । आज विश्व एड्स दिवस । नेपालमा अझैंपनि एचआइभीको बारेमा प्रर्याप्त जनचेतना नहुँदा संक्रमितहरु खुलेर उपचारमा आउन नसकेको चिकित्सकहरुले बताएका छन् । नेपालमा २०२० सम्म ३० हजार ३ सय व्यक्तिहरुमा एचआईभी संक्रमित भएको अनुमान गरिएको छ । संक्रमितमध्ये ६९ प्रतिशत संक्रमित उपचारको दायरमा आएको बताइएको छ ।

एचआभी संक्रमित मध्ये झण्डै १० हजार भन्दा बढी उपचारमा नआएको केन्द्रले अनुमान गरेको छ । नेपालमा एचआएभी संक्रमितको उपचार र औषधिमा निकै प्रगति भएको भए पनि अझै ठूलो संख्यामा संक्रमित खुल्न नसक्दा उपचारमा समस्या भएको चिकित्सक बताउँछन् । नेपालमा संक्रमित मध्ये ५४ प्रतिशत पुरुषमा रहेको छ । अर्थात एचआइभी संक्रमित पुरुषको संख्या १६ हजार ३ सय १४ रहेका छन् । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार ४६ प्रतिशत महिला एचआची संक्रमित रहेका छन् अर्थात १३ हजार ९८६ जना महिला एचआइभी संक्रमित रहेका छन् ।

त्यस्तै १४ वर्ष सम्मका एचआइभी संक्रमितहरुको ४ दशमलभ २ प्रतिशत रहेको छ । अर्थात एक हजार २६८ जना बालबालिका रहेका छन् ।
वार्षिक संक्रमित ७५४ जना थपिने गरेको केन्द्रले जनाएको छ । जसमा ३६३ जना संक्रमितको मृत्यु हुने गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार संक्रमित हुने बयस्क संख्या ० दशमलभ १३ प्रतिशत रहेको छ ।

डा.साहका अनुसार २०२० मा ७५४ व्यक्तिहरुमा एचआईभीको नयाँ संक्रमण थपिएको केन्द्रले अनुमान गरेको छ। सन् २०२० सालमा ८० जना संक्रमित बालबालिका थपिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार २०२० मा मात्रै ६३६ जना व्यक्तिहरुको एड्सको कारणले मुत्यु भएको अनुमान गरिएको छ । सन् २०२० मा सम्म्पन्न सर्वेक्षण अनुसार नेपालमा सुईद्धारा लागु पदार्थ प्रयोग गर्नेहरुमा ३ प्रतिशतका दरले एचआईभीको संक्रमण रहेको पाइएको छ ।

यसै गरी सन् २०१७ मा भएका सर्भेक्षणका अनुसार महिला यौनकर्मीहरुमा २ दशमलभ २ प्रतिशत र पुरुष समलिङ्गीहरुमा ६ दशमलभ २ प्रतिशतका दरले एचआइभीको संक्रमण रहेको पाइएको छ । पश्चिम, मध्य तथा सुदुरपश्चिममा गरिएको सर्वेक्षणले भारतमा कामदार नेपालीहरुमा एचआइभीको संक्रमण पश्चिममा ० दशमलभ ३ प्रतिशत र मध्ये तथा सुदुरपश्चिममा ० दशमलभ ६ प्रतिशत रहेको छ ।


प्रकाशित | १५ मंसिर २०७८, बुधबार १२:५०