भक्तपुर: सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले गुन्डुमा नवनिर्मित नारायण भगवानको दश अवतार मन्दिरको उद्घाटन गर्नु भएको छ ।

मेयर थापाले वडा नं ७ कार्कीगाउँ स्थित लिखा नारायण मन्दिर परिसरमा निर्माण गरिएको पलान्चोक भगवती नारायणका दस अवतार सहितको सम्पदाको भव्य समारोहकाबीच उद्घाटन गर्नु भएको हो ।

उद्घाटन कार्यक्रममा सांसद महेश बस्नेत, प्रदेश सांसद सशीजंग थापा, वडा नं. ७ का वडाध्यक्ष तथा नगर प्रवक्ता रविन्द्र सापकोटालगायत जनप्रतिनिधिहरुको पनि सहभागिता थियो ।

प्रकाशित | १२ आश्विन २०७९, बुधबार १०:२९