विश्वकप क्रिकेटः आज भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा

काठमाडौंः इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज बिहीबार एक खेल हुँदैछ । आज भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । इंग्ल्यान्डको ट्रेन्ट ब्रिजमा दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ । भारत र न्युजिल्याण्ड जारी विश्वकपमा अपराजित टोली हुन् । दुवै टोली प्रतियोगितामा अपराजित रहने लक्ष्यका साथ मैदान उत्रनेछन् ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको न्युजिल्यान्ड लगातार चौथो खेलमा जित हात पार्ने लक्ष्यमा हुनेछ भने भारत ह्याट्रिक जितको खोजीमा हुनेछ ।  न्युजिल्यान्डले श्रीलंकालाई १० विकेटले, बंगलादेशलाई दुई विकेटले र अफगानिस्तानलाई सात विकेटले पराजित गरेको थियो । यस्तै भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले र अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो ।


प्रकाशित | ३० जेष्ठ २०७६, बिहीबार ०८:४६