प्रदेश अधिवेशनका लागि कांग्रेसले तोक्यो सातै प्रदेशमा संयोजक

काठमाडौँ – नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश समितिको अधिवेशनका लागि सातवटै प्रदेशमा संयोजक तोकेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडुलाई संयोजक तोकेको हो ।

बैठकले पार्टीको केन्द्रीय महाधिवेशनका लागि केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेको संयोजकत्वमा आवास तथा भोजन समिति गठन गरेको छ । प्रदेश अधिवेशन मंसिर १६ र १७ गते तोकिएको छ ।


प्रकाशित | २८ कार्तिक २०७८, आईतवार २०:०२