काठमाडौँ: नेपालमा कोरोना भाइरसबाट शुक्रबार थप ४४८ सङ्क्रमित भएका छन् । यो सँगै सङ्क्रमितहरुको कुल सङ्ख्या पाँचहजार ६२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप सङ्क्रमित हुनेमा ४२४ पुरुष र २४ महिला छन् । कुल सङ्क्रमित हुनेमा चारहजार ७०९ पुरुष र ३५३ महिला रहेका छन् ।

शुक्रबार काठमाडौंमा पुनः एकजना महिलामा सङ्क्रमण देखिएको छ । त्यसैगरी, नुवाकोट, तनहुँ, धनुषा, बारा, पाल्पा, गुल्मीमा एक एकजनालाई कोरोना लागेको छ । त्यसैगरी, सर्लाहीमा ५०, रौतहटमा ८६, नवलपरासी पश्चिम २, रुपन्देही १६, प्युठान २, अर्घाखाँची २, सुर्खेत ४५, दैलेख ३८, दाङ ८, कपिलबस्तु ४ जनालाई सङ्क्रमण भएको छ ।

त्यस्तै, मोरङ २, झापा १३, महोत्तरी १०, चितवन ८, धादिङ २९, सप्तरी १७, उदयपुर ३, सिराहा ११, इलाम ११, सुनसरी १०, पर्वत १३, स्याङ्जा २२, नवलपरासी पूर्व ५, बर्दिया १७, बाँके २ जनासहित ७२ वटा जिल्लामा कोभिड १९ को सङ्क्रमण फैलिएको छ । नेपालमा अहिलेसम्म ७२ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित | ३० जेष्ठ २०७७, शुक्रबार १८:२१