कलाकार राष्ट्रका गहना हुन्, सम्मान गर्न पाउँदा खुसी छौ: मेयर बासुदेव थापा

भक्तपुर : सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले कलाकारहरु सबैका साझा फुलबारी भएको बताउनु भएको छ । कलाकार कुनै जात, धर्म, क्षेत्र र राजनीतिक पार्टी विशेष नहुने बताउँदै मेयर थापाले कलाकार सबैका साझा फुलबारी भएको बताउनु भयो ।

मेयर थापाले सूर्यविनायक नगरपालिका र मध्यपुरथिमी नगरपालिका ४ को सहकार्यमा आयोजित चौथो एपिक नेपाल म्युजीक अवार्ड कार्यक्रममा मन्तब्य राख्दै भन्नुभयो, ‘कलाकारहरु राष्ट्रका गहना र सम्पत्ति हुन्, कला क्षेत्रको जर्गेना गर्नु सबैको कर्तब्य हो।’

No description available.

कलाकारले देशलाई चिनाउने कार्यमा गौरवमय र महान कार्य गर्दै आएकोमा खुसी ब्यक्त गर्दै कलाकारलाई सम्मान गर्नु भनेको राष्टलाई सम्मान गर्नु जस्तै हुने बताउनुभयो । कला क्षेत्रको संरक्षण् तथा प्रवद्र्धनमा अवार्ड कार्यक्रमले ठूलो सहयोग मिलेको मेयर थापाले बताउनुभयो ।

राष्टियस्तरको कार्यक्रमले कला संस्कृतिलाई देश, विदेशमा प्रचार प्रसार गर्ने सघाउन पुग्ने ठानेर सूर्यविनायक नगरपालिकाले सहयोग गरेको बताउनुभयो । यो कार्यक्रमले देशभर राम्रो सन्देश दिएकोमा खुसी ब्यक्त गर्नुभयो ।

No description available.

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथीका रुपमा सहभागि हुनुहुन्थ्यो । कार्यक्रममा महानायक राजेश हमाललगायत देशका कलाकारहरुको सहभागि हुनु भएको कार्यक्रममा धिमे बाजासहित भब्य रुपमा सांस्कृतिक कार्यक्रम भएको थियो ।


प्रकाशित | ७ माघ २०७९, शनिबार २१:३७