एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न सकिंदैन : माधव नेपाल

वीरगञ्ज – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले यथास्थितिमा एमसीसीलाई समर्थन गर्न नसकिने बताउनु भएको छ । वीरगञ्जमा समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न नसकिने बताउनु भएको हो ।

एमसीसीका विषयमा भए नभएको प्रचार भइरहेको भन्दै उहाँले केही कुरा सुधार्नुपर्ने भएकाले आँखा चिम्लेर समर्थन गर्न नसकिने तर्क गर्नु भयो । जनमत एमसीसीविरुद्ध रहेको भन्दै उहाँले सम्झौंता मिति पर सार्दा उत्तम हुने विचार ब्यक्त गर्नु भयो ।


प्रकाशित | २८ माघ २०७८, शुक्रबार १३:०९