विवाह मण्डपबाटै बेहुला बेहुलीसहित ४ पक्राउ

संखुवासभ: बाल विवाह हुँदै गरेको सूचनाका आधारमा यहाँ एक जोडी विवाह मण्डपबाटै पक्राउ परेका छन् । विवाह गर्न लागेका एक जोडी विवाह मण्डपबाटै प्रहरीले पक्राउ गरेको हो । जिल्लाको खाँदबारी नगरपालिका–६ तल्लो पांठाबाट प्रहरीले बेहुला–बेहुलीसहित ४ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बेहुला ३६ वर्षीया जितबहादुर तामाङ बुवा कैलाशपति तामाङ, बेहुली जानुका तामाङ उनको बुवा तीर्थ तामाङ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोश राईका अनुसार बाल विवाह हुँदै गरेको सूचनाका आधारमा पक्राउ गरिएको र हिरासतमा राखी थप अनुसन्धान भइरहेको बताउनुभयो । उता बेहुली पक्षले जानुका २०५६ साल बैशाख ३ गते जन्म भएको विवाह गर्न उमेर पुगेको बताएका छन ।


प्रकाशित | १५ बैशाख २०७६, आईतवार १९:४७