प्रारम्भ एकेडेमीले गर्‍यो इसीडी दिक्षान्त तथा एसइई सम्मान कार्यक्रम

काठमाडौ -काठमाडौको कागेश्वोरी मनोहरा नगरपालिका वडा नम्बर-६ स्थित प्रारम्भ एकेडमीले इसीडी दिक्षान्त तथा एसइई सम्मान कार्यक्रम भब्यताका साथमा सप्पन्न गरेको छ ।

उक्त कार्यक्रममा यू के जीबाट कक्षा एकमा जाने विद्यार्थीहरूलाइ दिक्षित साथै प्रमाण पत्र बितरण गरिएको थियो । कार्यक्रममा यूकेजीबाट कक्षा एकमा जाने विद्यार्थीहरूले स्वागत मन्तव्य र नृत्य प्रस्तुत गरेका थिए ।

यसै कार्यक्रममा यसै वर्ष एसइई दिने विद्यार्थीहरूलाइ सम्मान पनि गरिएको थियो ।विद्यार्थीको तर्फबाट सागर कार्की र सुमिना श्रेष्ठले आ-आफ्नो भनाइ राखेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा कागेश्वोरी मनोहरा नगर प्याब्सनका अध्यक्ष श्रीराम दाहालको सहभागिता रहेको थियोे भने उक्त कार्यक्रमको सभापतित्व विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नारायण अधिकारीले गर्नुभएको थियो ।


प्रकाशित | २७ चैत्र २०७९, सोमबार २१:१५