बुटवलमा २१ तोला सुनसहित एक जना पक्राउ

रुपन्देही : जिल्लामा २१ तोला सुनसहित एक जना पक्राउ परेका छन् । बुटवलमा २१ तोला सुन सहित स्याङजाका भिमबहादुर भाट क्षेत्री पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार स्याङजा आँधीखोला ६ का ४५ वर्षीय क्षेत्रीलाई २१ तोला सुन र नगदसहित बुटवलको बसपार्क नजिकैबाट पक्राउ गरिएको हो ।

शंकास्पद रुपमा हिडिरहेका क्षेत्रीमाथी शंका लागेर खोजतलास गर्ने क्रममा २१ तोला सुन र २ लाख ६१ हजार भारतीय मुद्रा फेला परेको हो । उनलाई राजश्व सम्बन्धी कसुर अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ ।


प्रकाशित | २७ जेष्ठ २०७६, सोमबार ०८:१६