फाइनल प्रवेशका लागि नेपालको आज भुटानसँग खेल्दै

काठमाडौँ  -प्रधानमन्त्री त्रिदेशीय कपको फाइनलमा प्रवेशका लागि आज नेपाल भुटानसँग प्रतिस्पर्धा गर्दै छ।

पहिलो खेलमा नेपालले लावसलाई २-० गोल अन्तरले पराजित गरेको थियो। त्यस्तै, दोस्रो खेलमा लावसले भुटानलाई २-१ गोल अन्तरले पराजित गरेको यियो। आज तेस्रो खेलमा नेपाल र भुटान भिड्न लागेका छन्।

नेपालले भुटानलाई पराजित गरे वा बराबरी खेलमा फाइनलमा पुग्नेछ। भुटानसँग दुईभन्दा कम गोल अन्तर राखेमा पनि नेपाल फाइनलमा प्रवेश गर्न सक्नेछ।

भुटानलाई भने फाइनल प्रवेशका लागि जित अनिवार्य छ। त्यस्तै, नेपालले जितेमा लावस पनि फाइनलमा पुग्नेछ। नेपाल र भुटानको खेल आज साँझ ६ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।


प्रकाशित | १४ चैत्र २०७९, मंगलवार ०८:१७