बेंगलोरलाई दिल्लीको १ सय ८८ रनको लक्ष्य

एजेन्सी :  इन्डियन प्रिमियर लिग (आईपीएल) को ४६ औं खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ८८ रनको लक्ष्य दिएको छ । घरेलु मैदान फिरोज शाह कोटला टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८७ रन बनायो ।

दिल्लीका लागि ओपनर शिखर धवन र कप्तान श्रेयस ऐरले अर्ध शतक प्रहार गरे । १३ ओभरको दोस्रो बलमा वाशिन्टन सुन्दरबाट युजवेन्द्र चाहलले क्याच आउट गराउनु अघि धवनले ३७ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५० रनमा आउट भए । कप्तान श्रेयस ऐरले ३७ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै ५२ रनमा आउट भए । ऐरलाई सुन्दरले १६ ओभरको तेस्रो बलमा कप्तान विराट कोहलीबाट क्याच आउट गराए । ऐर र धवनले दोस्रो विकेटका लागि ६८ रनकोे साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । दिल्लीका मिडिल अडरका ब्याट्सम्यान भने सस्तैमा आउट भए । पृथ्वी शा १८,ऋषभ पन्त ७,कोलिन इनग्राम ११ रनमा आउट भए ।

तल्लो क्रमका अक्षर पटेल शेरफेन रदरफोर्ड आक्रमक ब्याटिङ गर्दै दिल्लीलाई विशाल योगफल सम्म पुर्याए । शेरफेनले १३ बलमा १चौका र ३ छक्का प्रहार गर्दै २८ रनमा अविजित रहे । पटेलले ९ बलमा ३ चौका प्रहार गर्दै १६ रनमा अविजित रहे । बेंगलोरका युजवेन्द्र चाहलले २,उमेश यादव,वाशिन्टन सुन्दर र नन्दीप सैनीले समान १ विकेट हात पारे । बेंगलोर आजको खेलमा पराजित भए समुह चरणबाटै बाहिरिने छ । विजयी भए प्ले अफको संभावना कायमै रहने छ ।


प्रकाशित | १५ बैशाख २०७६, आईतवार १८:३५