लिभरपुललाई पराजित गर्दै आर्सनल शीर्षस्थानमा

एजेन्सी -लन्डन क्लब आर्सनलले लिभरपुललाई पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ । आर्सनलले घरेलु मैदानमा लिभरपुललाई ३–२ ले पराजित गर्दै म्यानचेस्टर सिटीलाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो ।

इमिरेट्स स्टेडियम लन्डनमा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा बुकायो साकाले दुई तथा गाव्रियल मार्टिनेलीले एक गोल गरे । लिभरपुलका डार्विन नुनेज र रोबर्टो फिर्मिनोले गोल गरेपनि हार टार्न सकेन ।

यस जितसँगै शीर्षस्थानमा उक्लिएको आर्सनलको ९ खेलबाट २४ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २३ अंक छ । पराजित लिभरपुल ८ खेलबाट १० अंक जोडेर १०औं स्थानमा रहेको छ ।


प्रकाशित | २४ आश्विन २०७९, सोमबार ०८:४९