कोरोना खोपमा २ अर्व बढी रकम हिनामिना गरेको भन्दै स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं – कोरोना खोपमा २ अर्व ४० करोड हिनामिना गरेको भन्दै स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। एमाले निकट युवा संघले स्वास्थ्यमन्त्री खतिवडाले कोरोनाविरुद्धको खोप गायव बनाएर राज्यको २ अर्व ४० करोड हिनामिना गरेको भन्दै आयोगमा मंगलबार उजुरी दर्ता गरेको हो।

उजुरीमा भनिएको छ, ‘नेपाल सरकारका स्वास्थ्य मन्त्री श्री विरोध खतिवडा मन्त्री भई जिम्मेवारी बहन गरेपछि २४ लाख डोज भ्याक्सिन हिनामिना गरी करिब २ अर्ब ४० करोड राज्यकोषको रकम हिनामिना गरेको हुँदा मन्त्री विरोध खतिवडा तथा यस कार्यमा संलग्न अन्य व्यक्ति उपर छानबिन गरी भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको कारवाही गरी पाउँ भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ बमोजिम यो निवेदन गरेका छौँ।’

नागरिकलाई पर्याप्त खोप लगाउन पर्नेमा उल्टै राज्यकोषबाट खर्च गरी खरिद गरिएको र कोभ्याक्स सुविधा मार्फत मुलुकमा आएको खोपको चरम दुरुपयोग भएको संघले जनाएको छ। 


प्रकाशित | १८ माघ २०७८, मंगलवार १७:१५