सलह भारतबाट थप नआए सहजै नियन्त्रण हुने, क्षति गर्ने सम्भावना कम

काठमाडौँ : नेपालमा सलह आउँदैन भनेर ढुक्क भएको वैज्ञानिकका लागि शनिबार तराइका केही जिल्लामा सलह फैलिएको समाचारले झस्कायो । त्यसपछि दिनभर उनीहरू यसबारे छलफलमा जुटे ।

मनसुनी वर्षाका कारण सलह कीराको बथान साना साना टुक्रामा विभाजित भएको र हावाको वेग उत्तरी–पश्चिमबाट पूर्वतिर गएको हुनाले यो नेपालमा छिरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वरिष्ठ कीट वैज्ञानिक डा।सुनिल अर्यालले बताउनुभयो ।

अहिलको अवस्थामा नेपालमा यो कीरा नदेखिनुपर्ने हो तर अचानक देखियो, यसको नमूना ल्याएर ल्याब परीक्षण गरेपछि मात्र त्यसको सही विश्लेषण गर्न सकिने उहाँले बताउनुभयो । भारत र पाकिस्तानसँग बुझ्दा यो सलह कीरा नै हो भनेका छन्, तर यसको वैज्ञानिक पुष्टि हुन बाँकी रहेको उहाँले बताउनुभयो । कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले वर्षका कारण ठूला झुण्डमा रहेका सलह कीरा विभाजन भएका छन् र त्यसको सानो टुक्रा नेपाल छिरेको छ ।

भारतबाट अझै छिर्यो भने यसलाई नियन्त्रण गर्न मुस्किल हुन्छ, अहिले आएका जति नै रह्यो भने त्यसलाई सजिलै नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो । सचिव भारीका अनुसार भारतबाट अझै आएन भने नेपालमा यो बढ्ने सम्भावना धेरै कम रहेको छ किनकी यसले नेपालमा फुल पार्न सक्दैन, फुल पार्नका लागि मरुभूमि नै चाहिन्छ, त्यसैले अहिले त्यसलाई नियन्त्रण गर्न त्यति गाह्रो नहुने उहाँले बताउनुभयो ।

सानो सानो झुण्डमा भएको र एक ठाउँमा मात्र नबसेको कारण यसले क्षति गर्ने सम्भावना कम रहेका प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख एवं सलह कीराबारे अध्ययन गर्न बनेको समितिका संयोजक सहदेव हुमागाईंले बताउनुभयो । ुभारतबाट अझै भित्रियो भने बालीमा क्षति गर्न सक्छ तर अहिलेसम्म कहीँ क्षति गरेको देखिएनु उहाँले भन्नुभयो ।ु

नेपालको मौसमका कारण यो सलह कीरा एक ठाउँमा बस्न सक्दैन र क्षति गर्ने सम्भावना पनि हुँदैन तर जुन रुपमा अचानक प्रवेश गर्यो, त्यसको हिसाबले यसबाट सतर्क रहने अवस्था रहेको छु उहाँले भन्नुभयो ।

सलह प्रतिकिलो २० रुपियाँका दरले खरिद गर्ने निर्णय

बुटवल नेपालमा सलह भित्रिन थालेको हल्ला चलेकै बेला शनिबार एकाबिहानै बुटवलस्थित नेपाली सेनाको गरुड दलको ब्यारेक वरपर एकैसाथ असङ्ख्य नयाँ कीरा देखिए । गणका प्रमुख सेनानी ज्योतिकुमार थापाका अनुसार एकाएक गन्नै नसकिने कीरा देखिएपछि विषादी हालेर मार्न खोजियो । सलह तिनै थिए ।

प्रदेश–५ को कृषि विकास निर्देशनालयका प्रमुख यमनारायण देवकोटाका अनुसार अनुसन्धानका क्रममा रुपन्देहीमा भेटिएका कीरा सलह नै भएको पुुष्टि भयो ।

भारतमा किसानको बाली सखाप पारिरहेको सलह नेपालको रुपन्देहीमा भेटिएपछि प्रदेश सरकार यसको नियन्त्रणमा जुटेको छ । सलह भेटिएपछि अब कसरी अघि बढ्ने भन्ने बारेमा प्रदेश–५ सरकारले आन्तरिक गृहकार्य थालेको हो । शनिबार साँझ आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बैठक बसी सलह नियन्त्रण गर्न आवश्यक रणनीति तय गरेको छ ।

बैठकमा सहभागी प्रदेश–५ को कृषि विकास निर्देशनालयका प्रमुख देवकोटाका अनुसार शनिबारैदेखि किसानलाई सचेत गराउन प्रचारप्रसार गर्ने निर्णय गरिएको छ । त्यस्तै सलह किसान आफैँले जम्मा गरेर आफ्नो वडा कार्यालयमा लगे प्रतिकिलो २० रुपियाँका दरले खरिद गर्ने निर्णय पनि बैठकले गरेको देवकोटाले बताउनुभयो ।

यस्तै आकस्मिक निर्णय बुुटवल उपमहानगर पालिकाले पनि गरेको छ । प्रमुख शिवराज सुवेदीका अनुसार सलह नियन्त्रणमा प्रोत्साहन गर्न जम्मा गरेर बुझाउनेलाई पुरस्कृत गरिनेछ । सलह कपिलवस्तु, पाल्पा, गुल्मी लगायतका जिल्लामा पुगेको छ । आजको गोरखापत्र दैनीकमा खवर छ।


प्रकाशित | १४ असार २०७७, आईतवार ०८:१९