नेदरल्यान्ड्स युरोकपमा छनोट

एजेन्सी: नेदरल्यान्ड्स सन् २०२० मा आयोजना हुने युरोकप फुटबलमा छनोट भएको छ । युरो छनोट अन्तर्गत शनिबार राति नर्दन आयरल्याण्डसँग गोलरहित बराबरी खेल्दै नेदरल्यान्ड्सले अर्को वर्ष आयोजना हुने युरोकपमा स्थान पक्का गरेको हो ।

बेल्फास्टमा नर्दन आयरल्याण्डका स्टेभेन डेभिसले पहिलो हाफमा पाएको पेनाल्टीमा गोल गर्न नसक्दा नेदरल्यान्ड्स जोगिएको थियो । यो बराबरी पछि समूह ुसीु को नेदरल्यान्ड्स समूहको दोस्रो स्थानमा रहदै युरोकपमा छनोट भएको हो ।

नेदरल्यान्ड्सले ७ खेलमा १६ अंक जोडेको छ । नर्दन आयरल्याण्ड १३ अंक जोडेर तेस्रो स्थानमा छ । नेदरल्यान्ड्स सन् २०१४ पछि पहिलोपटक ठुला प्रतियोगिताका लागि छनोट भएको हो । यस अघि नेदरल्यान्ड्स सन् २०१८ को फिफा विश्वकप र सन् २०१६ को युरोकपमा छनोट हुन असफल भएको थियो ।


प्रकाशित | १ मंसिर २०७६, आईतवार ११:००