भक्तपुरको ६ लेन सडक आसपास वृक्षारोपण

  केके मानन्धर/भक्तपुर

मध्यपुरको चार दोबाटोस्थित छ लेन सडक छेउमा वृक्षारोपण गरिएको छ । विश्व खडेरीविरुद्धको संघर्ष दिवसको सन्दर्भमा सुन्दर नगर टोल सुधार समिति र प्रोग्रेशिभ फाइनान्सले संयुक्त रुपमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो । सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत यी संस्थाले हरियाली प्रवद्र्धनको लागि वृक्षारोपण गरेको संयोजक पुनम बज्राचार्यले जनाउनुभयो ।

उजाडिँदै गएको पाखा, सडक छेउ तथा खुला क्षेत्रमा गरिने वृक्षारोपणले मानव जीवन स्वस्थ्य बनाएर सन्तुलित पर्यावरणमा टेवा पुग्ने बज्राचार्यले बताउनुभयो । कार्यक्रमलाई प्रदेश नं. ३ का सांसद डा. राजेन्द्रमान श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले वृक्षारोपणको आवश्यकता तथा हरियाली प्रवद्र्धनले मानव जीवनमा खेल्ने सकारात्मक भूमिकाको विषयमा चर्चा गर्नुभयो ।

‘हामीले वृक्षारोपण मात्र गरेर हुँदैन । बरु यसलाई निरन्तर हेरचाह गर्दै व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ’, सांसद श्रेष्ठले भन्नुभयो । कार्यक्रममा ३ नं. वडाका वडाअध्यक्ष प्रेम कुटु, टोल सुधार समितिका भुवनचरण श्रेष्ठ, स्थानिय जेष्ठ नागरिक लक्ष्मीनारायण श्रेष्ठ, महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी निरक्षक दिपक केसी, बुद्धिजीवी तथा पत्रकारहरुको सहभागिता थियो ।


प्रकाशित | ३ असार २०७६, मंगलवार १४:४१