भरतपुर महानगर प्रमुखमा रेनु दाहाल विजयी

चितवन : भरतपुर महानगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहाल विजयी हुनु भएको छ । उहाँले नेकपा एमालेका बिजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पछि पार्दै प्रमुखमा विजयी हुनु भएको हो ।

दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा बिजय सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गर्नु भयो । नेपाली काँग्रेसबाट बिद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिनु भएका जगनाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गर्नु भएको छ ।

त्यसैगरि उपप्रमुख पदमा पनि गठबन्धनकै उम्मेदवार चित्रसेन अधिकारी विजयी हुनु भयो । उहाँले ५२ हजार ८०३ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ३० हजार ६१२ मत ल्याउनुभयो । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धन र नेकपा एमाले राप्रपा गठबन्धन विच प्रतिस्पर्धा थियो ।

२९ वडाहरु रहेको भरतपुर महानगरपालिमा नेपाली काँग्रेसले १६ वटा वडा, नेकपा एमालेले छ वटा वडा, माओवादी केन्द्रले तीन वडा र नेकपा एकीकृत समाजवादीले तीन वटा वडाहरुमा जित हाँसिल गरेको छ भने विद्रोही स्वतन्त्रको तर्फबाट एक वडामा विजय हासिल गरेका छन् ।


प्रकाशित | १० जेष्ठ २०७९, मंगलवार ११:३२