एनआरएनएको निर्वाचन अक्टोवरभित्रै हुन्छ, छिट्टै मिती घोषणा गछौं : कुमार पन्त

काठमाडौं – गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संघको निर्वाचन अक्टोवर महिनाभित्रै हुने बताउनु भएको छ । संघले निर्वाचन कमिटि गठन गरेर निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाइसकेको बताउँदै निर्वाचन अक्टोवरभित्रै हुने बताउनु भएको हो ।

निर्वाचन हुनेमा आंशका ब्यक्त भइरहँदा अध्यक्ष पन्तले अक्टोवरमा हुने निर्वाचनमा तलमाथि नहुने र कुनै पनि हालतमा  निर्वाचन हुने  बताउनु भयो ।

अध्यक्ष पन्तले मतदाता नामावली सार्वजनिक भइसकेको र केहि दिनभित्र दावी विरोधको समय सकिएपछि अन्तिम नामावली निर्वाचन समितिलाई बुझाएर निर्वाचन मिति घोषणा गरिने बताउनु भयो । केहि दिनभित्रै बस्ने आइएस बैठकले निर्वाचन समितिको निर्णयलाई अनुमोदन गरिने पनि उहाँले बताउनु भयो ।

संघको १० औ विश्व सम्मेलन यसअघि नै २३-२५ तारिखको लागि तोकिसकिएको छ । निर्वाचन भने सम्मेलन अगावै गर्ने र काठमाडौंमा आयोजना गरिने सम्मेलनको अवसर पारेर नेतृत्व हस्तान्तरण गरिने भएको छ । यो वर्ष पहिलो पटक अनलाईनको माध्यमबाट निर्वाचन हुँदैछ । निर्वाचनमा ३६ सय बढी प्रतिनिधि सहभागि हुनेछन् ।


प्रकाशित | २३ भाद्र २०७८, बुधबार १७:००