स्रोत नखुलेको ५७ लाख रकमसहित एक युवा पक्राउ

काठमाडौंः स्रोत नखुलेको लाखौ रकमसहित एक युवा पक्राउ परेका छन् । प्रहरीले स्रोत नखुलेको शंकास्पद ५७ लाख ७९ हजार ४९० रुपैयाँसहित भारतीय नागरिक वृजकिशोर कुमारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी वडकी फुलवरिया बाराबाट खटिएको संयुक्त टोलीले बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ७ स्थित दशजगा क्षेत्रबाट रकमसहित वृजकिशोरलाई नियन्त्रणमा लिएको हो । बीआर एसी ४४८६ नम्बरको मोटरसाइकलमा सवार उनले दुबै खुट्टाको घुँडा मुनी पिडौलाको भाग, कम्मर र जिन्त्स पाइन्टको खल्ती तथा लगाएको हेल्मेट र डिक्की समेतमा लुकाएको अवस्थामा रकम फेला परेको थियो ।


प्रकाशित | २९ जेष्ठ २०७६, बुधबार १६:३५