पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रूपैयाँका दरले मूल्य बढ्यो

काठमाडौँ । सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रूपैयाँका दरले मूल्य बृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रूपैयाँका दरले मूल्य बढाएको हो । निगमका अनुसार सोमबार राति १२ बजेबाट लागू हुने मूल्य बढाएको छ ।

हवाई ईन्धन र एलपी ग्यासमा भने मूल्य यथावत रहेको निगमले जनाएको छ । मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य समान ९३ रुपैयाँ पुगेको छ ।


प्रकाशित | ५ माघ २०७७, सोमबार २१:४७