बालेन साहले ७ हजार मत कटाए, स्थापित बालेनभन्दा ३ हजार ३४३ मतले पछाडि

काठमाडौं: काठमाडौ महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ७ हजार मत कटाउनु भएको छ । सोमबार २ बजेको नतिजाअनुसार साहले ७ हजार ८९ मत प्राप्त गर्नु भएको छ ।

दोस्रो स्थानमा रहनु भएको एमालेका केशव स्थापीत साहभन्दा ३ हजार ३४३ मतले पछाडि हुनुहुन्छ । स्थापितले ३७ सय ४६ मत पाउनु भएको छ भने काँग्रेसकी सिर्जना सिंहले ३३ सय मत प्राप्त गर्नु भएको छ ।


प्रकाशित | २ जेष्ठ २०७९, सोमबार १४:३९