हुम्लाको रोग प्रभावित क्षेत्रमा पुग्यो चिकित्सक र औषधिसहित हेलिकप्टर

हुम्ला: अज्ञात रोगकाले नौ ज्यानले ज्यान गुमाइसकेको हुम्लामा चिकित्सक टोली औषधिसहित त्यसतर्फ पुगेको छ । अज्ञात रोगका कारण नौ जनाको मृत्यु भएपछि सो क्षेत्रमा प्रदेश सरकारले औषधि र चिकित्सकसहितको टोली पठाएको हो। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलका अनुसार रोग प्रभावीत क्षेत्रमा सुर्खेतबाट हेलिकप्टरमा औषधिसमेत लिएर चिकित्सकको टोली गएको छ ।

टोलीले बिरामीको अवस्था हेरेर उद्धारको काम गर्ने छ। औषधि र स्वास्थ्यकर्मीको अभाव हुन नदिनका लागि औषधिसहित स्वास्थ्यकर्मीको टोली घटनास्थलमा खटिसकेको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी दिनुभयो । गएको दुई हप्तादेखि स्थानीयमा छाति दुख्ने, ज्वरो आउने र त्यसको केही दिनमा ज्यान जाने गरेको हो । उहाँका अनुसार ज्यान जानेमा बालबालिका र वृद्धवृद्धा रहेका पाइएको छ । ताजाकोटको वडा नम्बर १, २ र ८ नम्बर वडामा यस्तो समस्या देखिएको उहाँको भनाइ छ ।

मृत्यु हुनेमा वडा नम्बर १ का ७० वर्षीया कुशुमा रिठाल, ६० वर्षीय सुरजित खड्का, वडा नम्बर २ का ५५ वर्षीय रंगे कोली, पाँच वर्षीया सुनकेसा सुनार, वडा नम्बर ३ का ७० वर्षीया अम्मकली मल्ल, ७५ वर्षीय बज्जिरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महिनाका बालक सन्जिव थापा रहेको जनाइएको छ ।


प्रकाशित | १५ बैशाख २०७६, आईतवार ११:४७