मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते

हेटौडा : मकवानपुरको गढी गाउँपालिका – ५ बुङदल देउरालीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । गए राति परेको चट्याङ लागेर अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चट्याङ लागेर बुङदल देउरालीकी २६ वर्षीया विमला घलानको घटना स्थलमा नै ज्यान गएको हो भने चट्याङ लागेर स्थानीय कान्छीमाया स्याङतान घाइते हुनुभएको छ । उहाँको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित | १९ जेष्ठ २०७६, आईतवार ०८:०९