अभिनेता आर्यन सिग्देललाई पुत्रलाभ

काठमाडौं : नयाँ चलचित्र चच हुईको यसै साता छायाँकन सकेका अभिनेता आर्यन सिग्देललाई पुत्रलाभ भएको छ । उनको श्रीमती सपना भण्डारीले पहिलो सन्तान छोरा जन्माएकी छिन् । काठमाडौंको बसुन्धारामा रहेको चिरायु अस्पतालमा उनीहरुको पहिलो सन्तान भएको हो ।अभिनेता आर्यनले छोराको नाम समेत जुराईसकेका छन् । पुत्रको नाम आयांस् राखिएको छ । केही हप्ता अघि मात्र उनले गर्भवती पत्नी र आफ्नो फोटो सार्वजनिक गरेका थिए । आर्यन र सपनाको ६ वैशाख २०७१ मा प्रेम विवाह भएको हो । विवाहकै तिथिमा यी दम्पतीले नयाँ सन्तान लाभ गरेका छन् ।


प्रकाशित | ७ बैशाख २०७६, शनिबार १४:१३