एनआरएन अभियानमा दिलो ज्यान दिने एसी शेर्पा, उपाध्यक्षको रुपमा गैर आवासीहरुको मुख्य मुद्धा सल्ट्याउने चाहाना

काठमाडौं – गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्कोे सल्लाहकार रहनु भएका एसी शेर्पा यतिबेला चुनावी मैदानमा उत्रिनु भएको छ । आगामी अक्टोबरमा हुन गइरहेको एनआरएनएको निर्वाचनमा उहाँ उपाध्यक्ष पदको लागि उम्मेदवारको रुपमा खडा हुनु भएको हो । एनआरएनएको स्थापनाकालदेखि नै आबद्ध भइ सक्रिय रहँदै आएको शेर्पाले सन् २०१५–२०१७ मा अमेरिकाज् क्षेत्रको क्षेत्रीय सहसंयोजक पदमा रहेर कुशलतापूर्व जिम्मेवारी निर्वाह गर्नु भएको थियो ।

त्यसपछिका दिनमा पद बाहिर रहदा पनि शेर्पाले गैर आवासीय नेपालीहरुको हितमा आवाज बुलन्द बनाउँदै आउनु भएको छ । विशेषतः गैर आवासीय नेपाली नागरिकतालाई छिटो भन्दा छिटो कार्यान्वयन गर्न सक्दो पहल गर्ने, दोहोरो नागरिकताको लागि सघर्ष गर्ने, नेपालको पर्यटन क्षेत्रको प्रबद्र्धन तथा विकासका लागि नेपाल सरकासँग सहकार्य गरेर मुलुकको आर्थिक सम्मृद्धिमा सहयोग पु¥याउने, दोस्रो पुस्तालाई एनआरएनमा आबद्ध गराउँदै नेपाली कला संस्कृतिको संरक्षण गर्न पहल गर्ने कुरालाई उहाँले मुख्य प्राथमिकतामा राख्नु भएको छ ।

एनआरएनएको नेतृत्वमा उभिने व्यक्तिले निस्वार्थ भाव लिएर गैर आवासीय नेपालीहरुको हितका लागि उभिनु पर्ने शेर्पा बताउनु हुन्छ । आगामी कार्यकालको लागि संस्थाभित्र रहेर गैरआवासीय नेपालीको हितको लागि पर्याप्त पहल गर्ने उहाँको भित्री मनसाय छ । एनआरएनएलाई एउटा साझा फुलबारी बनाउनका लागि विश्वभरिका सबै वर्ग, क्षेत्रलाई समेट्दै सबै गैर आवासीय नेपालीहरुले अपनत्व महसुस हुने वातावरण बनाउने शेर्पाको सपना छ ।

यस्तै बालबालीका तथा महिलाहरुको सवालमा विशेष योजनाका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै उनीहरुको अधिकारका क्षेत्रमा सशक्त ढंगले आवाज बुलन्द गर्ने, गैर आवासीय नेपाली संघलाई आर्थिक रुपमा बलियो बनाउदै आर्थिक सुशाशन कायम गर्न विशेष योजना ल्याउने, संस्थाको छवी माथि उठाउन प्रयास गर्ने, विदेशी ज्ञान, सिप र प्रविधिका साथै स्वदेशमा पूँजी भित्याएर मुलुकको आर्थिक सम्मृद्धिमा थप टेवा पु¥याउने,वैदेशिक रोजगारीमा देखिएका विकृतिलाई न्यूनीकरण गर्दै मर्यादीत वैदेशिक रोजगारीमा जोड दिने उहाँका अन्य एजेण्डाहरु हुन् ।

सोलुखोम्बु जिल्ला टाप्टीङ नगरपालिका १० दुधकुण्डामा जन्मे पनि सानैदेखि अमेरिका बस्दै आउनुभएका एसी शेर्पा गैर आवासीय नेपाली संघको एक अभियन्ता हुनुहुन्छ । तन, मन र धन सबै कुरामा सफल एसी शेर्पा गैर आवासीय नेपाली संघमा स्थापनाकालदेखि नै सक्रिय हुनुहुन्छ । शेर्पाले सन् २०१० मा पहिलो पटक गैर आवासीय नेपालीको तर्फबाट विश्वको सात हिमालको सफल आरोहणसँगै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर एनआरएनको झन्डा फरफराउनु भएको थियो ।

शेर्पाले चढेको ४२ दिनमा सातै महादेशका अग्लो हिमालमा आरोहण सफल भएर विश्व कीर्तिमान राख्नु भएको हो । सेभेन समिट फाउन्डेसनको अध्यक्ष रहनुभएको शेर्पा वांशिङटन स्टेटस्थित सियाटलको लागि नेपाली महावाणिज्यदूत समेत हुनुहुन्छ । उहाँले गैर आवासीय नेपाली संघको अभियानसँगै कुटनीतिक क्षेत्रमा पनि राम्रो अनुभव हासिल गर्नुभएको छ ।

नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्नु भएका एसी शेर्पालाई नेपाल सरकारले नेपाल पर्यटन वर्ष २०११ मा गुडविल एम्बेस्टरको रुपमा सम्मान गरेको थियो । सो समयमा सगरमाथाको काखमा आयोजित स्टप ग्लोबल वामिङं, सेभ द हिमालय कार्यक्रममा शेर्पाले ५७ हजार डलर सहयोग गर्नु भएको थियो ।

सन् १९८७ मा १३ वर्षको उमेरमा अमेरिका पुगेर उतै हुर्कनु भएका एसीले सोही ठाउँबाट उच्च शिक्षा हासिल गर्नुभयो । विभिन्न संघर्षलाई पार गर्दै सफलताको शिखरमा पुग्दा पनि नेपाल अनि नेपालीको हितका लागि जस्तोसुकै कठिनाईको सामना गर्न पनि उहाँ अघि सर्नु हुन्छ । जुन कुरा लाप्राक परियोजना सफल बनाउन उहाँले खेल्नु भएको भूमिकाबाट प्रस्ट हुन्छ ।

शेर्पाले लाप्राक पोजेक्टमा ब्यक्तीगत रुपमा मात्र १५ लाख सहयोग गर्नुभएको छ । विभिन्न संंघसस्थामार्फत लाप्राकमा उहाँले ठूलो सहयोग गर्नुभएको छ । साथै एनआरएन पूर्व अध्यक्ष शेष घलेसँगै रहेर कयौ रात लाप्राकै बिताउनुभएको छ ।

शेर्पाले लाप्राकबासीलाई खानेपानीको व्यवस्थाको लागि पानी ट्यांकी निर्माणमा समेत आर्थिक तथा भौतिक रुपमा निकै ठूलो सहयोग गर्नु भएको छ । लाप्राक परियोजना सफल बनाउन बगेका पसिना र हातमा उठेका ठेलाहरु उहाँको मानसपटलमा अझै पनि ताजा नै छन् ।


त्यस्तै एनआरएनए भवन निर्माणका लागि उहाँले व्यक्तिगत रुपमा ३० लाख रुपैया आर्थिक सहयोग गर्नु भएको छ भने एनआरएनएले सञ्चालन गरेका प्रोजेक्ट शख्खमूल पार्क निर्माणमा पनि निकै ठूलो योगदान गर्नु भयो ।

शेर्पाले भारतले नाकाबन्दी लगाउँदा विभिन्न ठाउँमा लाखौ लाख सहयोग गर्नुभएको छ । यतिमात्र हैन नेपालको महाविनाशकारी भूकम्पमा प्रभावीत क्षेत्रमा पुगी सहयोग गर्नुभएका शेर्पाले भूकम्पले भत्काएका संरचना पुनः निर्माणमा ब्यक्तीगत रुपमै आर्थिक सहयोग गरेर भवन निर्माण गरिदिने कार्य समेत गर्नु भयो । साथै तराईमा बाढीपीडितको लागि पनि उहाँले निकै सहयोग गर्नुभएको छ ।

देश विकास चाहानेले सबैभन्दा पहिले आफु जन्मेको ठाउँलाई योगदान गर्नु पर्छ । गाँउ, बस्ती अनि जिल्लाको विकासबाट मात्र देशको विकास सम्भव छ । एसीको हकमा उहाँले आफ्नो गाँउ, ठाँउ, बस्ती अनि जिल्लामा विकासको लहर ल्याउन भौतिक तथा आर्थिक रुपमा निकै नै ठूलो योगदान गर्नु भएको छ । एसीले आफनै जिल्ला सोलुखुम्बुका धेरै क्षेत्रमा सहयोग गरिरहनु भएको छ । शेर्पाले सोलुखुम्बुका ११० घरलाई विजुलीको वन्दोवस्त गर्नुभएको छ । साथै जिल्लामा हाईडोपावरदेखि शिक्षा, स्वास्थ्य क्षेत्रमा शेर्पाको योगदान अतुलनीय छ ।

शेर्पाले टाप्टीङसोलनासामा अवस्थित बाल्यकालमा आफू अध्ययनरत जनप्रिय उच्च माध्यमिक विद्यालयलाई उच्च माध्यमिक विद्यालय बनाउन समेत ठूलो मेहेनत गर्नुभएको थियो । एसीले सेभेन समिट फाउन्डेसनमार्फत भूकम्पमा भत्केको आफै पढेको विद्यालयलाई पुनः निर्माण गरिदिनुभयो । विद्यालय र जिल्लाको शैक्षिक क्षेत्र सुधार्न उहाँ अझै क्रियाशील हुनुहुन्छ ।

त्यस्तै उहाँले फाउन्डेसनमार्फत सोलुखुम्बुको वाङछु मेमोरियल अस्पताललाई केही समय अघि मात्रै एम्बुलेन्स प्रदान गर्नु भएको छ । तर यतीमै उहाँको वाचा भने पूरा भएको छैन । उहाँले अस्पतालको लागि वर्षेनी अझै २ वटा एम्बुलेन्स दिने निर्णय गर्नु भएको छ । जसबाट स्थानीय जनतालाई स्वास्थ्य उपचारमा टेवा पुग्ने शेर्पाको विश्वास छ । नेपालका केही केही जिल्लामात्र हैन, आफ्ना आखाँले देखेका वा सुनेका पिडाहरुमा मल्लम लगाउन उहाँ अघि सर्नुहुन्छ । यसअर्थमा उहाँले व्यक्तिगत संगै विश्वभरी छरिएका थुप्रै संस्थाहरु, क्लबहरु मार्फत योगदान दिदै आउनु भएको छ ।

साथै सिन्धुपाल्चोकलगायत जिल्लामा भूकम्पले भत्केका विद्यालयमा समेत आर्थिक सहयोग उपलब्ध गराउँदै आउनुभएको छ । एनआरएनमार्फत यस्ता कयौ क्षेत्रमा प्रत्यक्ष ÷अप्रत्यक्ष रुपमा शेर्पाको ठूलो योगदान छ । यस्तै कोरोना महामारीमा एनआरएनए आइसिसीले खडा गरेको कोभिड कोषमा पहिलो चरणमा ५ लाख सहयोग गर्नु भएको छ भने महामारीको दोस्रो लहरमा एनआरएनए अमेरिका मार्फत ५ हजार अमेरिकी डलर सहयोग गर्नु भएको छ ।

त्यस्तै शेर्पाले सन् २०१९ मा नेपाल र अमेरिकामा रहेका नेपाली–अमेरिकी ब्यवसायीहरुको लागि बिजनेस कोलाबरेशन नामक ’बिजनेस सम्मेलन’, नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल र अमेरिकामा लगानी, त्यसको बजारको अवस्था र सम्भावनाको विषयमा सम्मेलन आयोजना, विदेशी ज्ञान, सीप र लगानी नेपाल भित्राउन ब्रेन गेन कार्यक्रमको आयोजना लगायतका थुप्रै कार्यक्रम गर्न सफल हुनु भएको छ ।

महिलाहरुको सशक्तीकरणमा उहाँले निकै नै ठूलो योगदान गर्नु भएको छ । परिवारमा २ छोरी र श्रीमतीको साथमा बस्नुहुने शेर्पा महिलाहरु अघि बढ्नु पर्छ भन्ने कुरालाई प्रोत्साहित गर्नुहुन्छ । महिलाहरुको नेतृत्व विकास र शशक्तीकरणका लागि नेपालमा आयोजना हुने मिस नेपाल तथा मिस यूनिभर्सजस्ता ठूला प्रतियोगिताहरुमा उहाँले निकै सहयोग गर्नु भएको छ ।

गैर आवासीय नेपालीहरुको मुख्य मुद्धाहरुलाई सल्ट्याउन तन, मन र धनले तयार रहनु भएका एसीले संस्थालाई सुधार गर्दैस्वच्छ छवि बनाउन पनि उत्तिकै भूमिका खेल्न कटिबद्ध हुनुहुन्छ ।


प्रकाशित | १६ भाद्र २०७८, बुधबार १०:२८