बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन अन्तिम १६ मै भिड्ने

एजेन्सी – उपाधि दावेदार बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन पनि आमने सामने हुने भएका छन् ।गत सिजन च्याम्पियन्स लिगको फाइनलमा भिडेका रियल म्याड्रिड र लिभरपुल भने यस पटक राउन्ड अफ १६ चरणमा भिड्ने भएका छन् ।

अन्तिम १६ का खेलहरु

म्यानचेस्टर सिटी विरुद्ध आरबी लाइप्जिग

बेन्फिका विरुद्ध क्लब ब्रुजा

रियल म्याड्रिड विरुद्ध लिभरपुल

टोटेनहम हट्सपर विरुद्ध एसी मिलान

नेपोली विरुद्ध आइनट्राक्ट फ्रान्कफर्ट

चेल्सी विरुद्ध बोरुसिया डर्टमुन्ड

एफसी पोर्टो विरुद्ध इन्टर मिलान

बायर्न म्युनिख विरुद्ध पेरिस सेन्ट जर्मेन

राउन्ड अफ १६ का खेलहरु फेब्रुअरी तेस्रो साताबाट सुरु हुनेछ । पहिलो लेग फेब्रुअरी १४, १५, २१ र २२ तारिखमा हुनेछ । दोस्रो लेग मार्च ७, ८, १४ र १५ तारिखमा खेलिनेछ ।

यसपटक च्याम्पियन्स लिगको फाइनल खेल टर्कीमा हुनेछ । इस्तानबुलमा हुने फाइनल खेल १० जुन २०२३ मा खेलिनेछ ।


प्रकाशित | २१ कार्तिक २०७९, सोमबार १७:१६