विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिनु भएको छ । दोस्रो मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त हुनु भएको छ ।
बिहिबार एमाले संसदीय दलको नेता चयन भएका आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले मुख्यमन्त्रीको नियुक्ति गर्नु भएको हो ।
नियुक्तिसँगै आचार्यले प्रदेश प्रमुख अधिकारी समक्ष सपथ लिनु भएको थियो । ९३ सदस्यीय प्रदेशसभामा एमालेका प्रष्ट बहुमत (५२ सांसद) भएकाले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (१) अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो ।
प्रकाशित | १० भाद्र २०७८, बिहीबार १३:२३