एनआरएनएमा एकताको सन्देश दिदैं हङकङबाट तीन जनाले गरे संयुक्त उम्मेदवारी घोषणा

हङकङ –  गैर आवासीय नेपाली संघमा एकताको सन्देश दिदैं हङकङबाट तीन जनाले संयुक्त रुपमा उम्मेदवारी घोषणा गरेका छन् । कतीपय देशहरुमा आफैभित्र फुट भइरहेको अवस्थामा एनआरएनए हङकङले भने संस्थागत रुपमा एकढिक्का भएर अगाडि बढ्दै एकताको बलियो उदाहरण प्रस्तुत गरेको हो ।

This image has an empty alt attribute; its file name is nrn-honkong3-1024x768.jpg

एनआरएनए हङकङबाट आइसिसी उपाध्यक्षमा पूर्व एसिया प्यासिफिक संयोजक यामलोक गुरुङ (त्रिलोक), महिला सचिवमा निवर्तमान अध्यक्ष राधिका गुरुङ (टिका) र एसिया प्यासिफिक उपसंयोजकमा आइसीसी सदस्य दिलिपसिंह गुरुङले संयुक्त रुपमा औपचारिक उम्मेदवारी घोषणा गर्नु भएको हो ।

एनसिसी हङकङको कार्यसमिति बैठकले यसअघि हङकङबाट आधिकारिक रुपमा आइसिसी उपाध्यक्ष, महिला सचिव र एसिया प्याशिफिक क्षेत्रीय उपसंयोजकमा उम्मेदवारी दिने निर्णय गरेको थियो । एनसिसी हङकङ नयाँ कार्यसमिति समेत सर्वसम्मत चयन गदैँ केन्द्रमा सबै उम्मेदवारहरुलाई एकजुट भएर जिताउन लागिपरेको छ ।


प्रकाशित | ८ भाद्र २०७८, मंगलवार १२:४०