काठमाडौँमा वर्षकै सबैभन्दा गर्मी: कहाँ कती तापक्रम ?

काठमाडौं : काठमाडौंमा यो वर्षकै सबैभन्दा गर्मी महसुस गरिएको छ । तापक्रम वृद्धि भएसँगै काठमाडौँ उपत्यकामा यो वर्षकै बढी गर्मी महसुस गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दुई दिनदेखि काठमाडौँको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस रहेको छ । आज काठमाडौँको अधिकतम तापक्रम ३३ र न्यूनतम तापक्रम १९ दशमलव ४ डिग्री पुगेको छ ।  शुक्रबार काठमाडौँको अधिकतम ३३.५ र न्यूनतम १९ डिग्री सेल्सियस थियो ।

आज सबैभन्दा बढी अधिकतम तापक्रम दिपायल, भैरहवा र नेपालगञ्जको समान ४३, धनगढीको ४२ तथा दाङको ३९ डिग्री सेल्सियस रहेको छ ।  अबको तीन/चार दिनपछि देशको पूर्वी क्षेत्रबाट विस्तारै मनसुन सक्रिय हुने महाशाखाको भनाइ छ ।


प्रकाशित | ३२ जेष्ठ २०७६, शनिबार २२:२३