प्रताप दासको स्वरमा ‘मेरो हर खुशी’ सार्वजनिक (भिडियो)

काठमाडौं : डा. डिआर उपाध्यायको नयाँ गीत ‘मेरो हर खुशी’ सार्वजनिक भएको छ । प्रताप दासको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत, देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।  वसन्त सापकोटाले निर्देशन गरेको गीतको भिडियोमा रुकमिला अधिकारी र उमेश सुनामलाई फिचरिङ गरिएको छ । अर्जुन सापकोटाको छायाँकन रहेको भिडियोलाई जीवन टण्डनले सम्पादान रहेका छन् ।


प्रकाशित | ३ जेष्ठ २०७६, शुक्रबार ०९:०९