ग्लोबल आईएमई र सूर्या लाइफबीच सम्झौता

काठमाडौं:  ग्लोबल आइएमई बैंक लि. र सूर्या लाइफ इन्सुरेन्स कम्पनी लि.बीच बैंक इन्स्योरेन्ससम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र सूर्या लाइफ इन्सुरेन्स कम्पनी लि।कोतर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौतापत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक लि. का १३७ वटै शाखाहरु मार्फत सूर्य लाइफ इन्सुरेन्स कम्पनी लि. को जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवनबीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिने बैकले जनाएको छ ।


प्रकाशित | ११ जेष्ठ २०७६, शनिबार १०:३०