एनआरएनए पोर्चुगलको अध्यक्षमा रविन अधिकारी र महासचिवमा राजकुमार थापा विजयी

काठमाडौं – गैर आवासीय नेपाली संघ पोर्चुगलको अध्यक्षमा रविन अधिकारी विजयी हुनु भएको छ । अधिकारीले अध्यक्षका अर्का प्रत्यासी सोमफुरि शेर्पा र अशोक गुुरुगंलाई पछिा पार्दै विजयी हुनु भएको हो ।

कुल १ हजार ५ मत खसेकोमा अधिकारीले ७९४ मत पाउनु भयो भने निकटतम प्रत्यासी शेर्पाले १५० र गुरुगंले २३ मत मात्र प्राप्त गर्नु भयो ।

यस्तै बरिष्ठ उपाध्यक्षमा सिता श्रेष्ठ, महिला उपाध्यक्षमा दिपा काफ्ले, उपाध्यक्षहरुमा उमेश कुमार खड्का, दिनेश भण्डारी निर्वाचित हुनु भएको छ ।

त्यस्तैगरि, महासचिवमा राजकुमार थापा, सचिवमा रवि अर्याल, राजेश दुलाल, कोषाध्यक्षमा युवराज खनाल, सहकोषाध्यक्षमा नविन सापकोटा, महिला संयोजकमा सिता ढकाल निर्वाचित हुनु भएको छ ।

आइसिसी सदस्यमा भिमसेन थापा निर्वाचित हुनु भएको छ । अन्य पदमा भने यसअघि नै निर्विरोध भइसकेको छ ।

कसले पाए कति मत ?


प्रकाशित | २८ श्रावण २०७८, बिहीबार १०:०६