ओलीको देश विकास प्रतिको महान अभियानमा सहयोग गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री पौडेलको आह्रवान

काठमाडौ । नेकपाका महासचिव तथा नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले प्रवासी नेपालीहरुलाई एकजुट भएर प्रधानमन्त्री केपी ओलीको देश विकास प्रतिको महान अभियानमा एकाकार भएर अघि बड्न पनि आह्वान गर्नुभएको छ ।

नेपालको गणतन्त्र, लोकतन्त्र र राष्ट्रियताको सवालमा सरकार कटिबद्ध रहनुको साथै विकाश र समृद्धिको लागि पनि हरबखत प्रयत्नशिल रहेर जनताको दुख कष्ट पिर मार्कालाई दुर गर्न सरकार लागि परेको बताउँदै प्रवासी नेपाली एकता मञ्चका कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै वर्तमान अवस्थामा प्रधानमन्त्री के पी शर्मा ओलीले सरकार विघटन गर्नुको कारणमा आफ्नै पार्टीका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको निजी स्वार्थ, सत्तामोह, पदमोह, र अविश्वासको प्रस्तावको तयारी जस्तो षड्यन्त्र प्रमुख रहेको कुरा बताउनुभयो।

सरकारले गरेका राम्रा कामहरुको कुप्रचार गरि असहयोग गरेको र सरकारलाई प्रचण्ड र माधवको व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न नदिइ फरि पनि अस्थिरता पैदा गरि जनताको बलिदानबाट प्राप्त राजनैतिक उपलब्धीहरु माथि कुठाराघात गर्न खोजेकोले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सर्वोच्चतालाई आत्मासाथ गरि जनतामै जाने संवैधानिक र लोकतान्त्रिक पद्धति अवलम्बन गर्नु भएको कुरा पनि जानकारी गराउनुभयो।

देश अब चुनाव तिर अघि बढिसकेको हुनाले सबैले चुनावको तयारी र प्रचारप्रसार गरि नेकपालाई फेरि पनि दुईतिहाईको हैसियतमा ल्याउने तर्फ सबैको ध्यान केन्द्रीत गर्नु पर्ने कुरा राख्नु भयो। यो संवैधानिक कदम भएको हुनाले अदालतको फैसला पनि प्रधानमन्त्री कै पक्षमा आउने साथै निर्वाचन आयोगले पनि हाम्रो पार्टीलाई नै संस्थापक र सुर्य चिन्हको आधिकारिकता प्रदान गर्ने कुरामा कनै शंका नरहेको बताउनुभयो।


प्रकाशित | ३ माघ २०७७, शनिबार २१:१२