जन सम्पर्क समिती आयरल्याण्डद्धारा नेपालका बाढी पहिरो पीडितलाई सहयोग गर्ने निर्णय

आयरल्याण्ड : नेपाली जनसम्पर्क समिती आयरल्याण्डले नेपालका बाढी पहिरो पीडितलाई सहयोग गर्ने निर्णय गरेको छ । जनसम्पर्क समितिको कार्यसमितीको बैठकले नेपालमा बाढी र पहिरो पीडितको सहयोग स्वरूप पार्टी जिल्ला समिती मार्फत पीडित सम्म पुर्याउने गरी सिन्धुपाल्चोक र म्याग्दीलाई एक एक लाख रुपैयाँ तथा बागलुङ र कास्कीलाई पचास पचास हजार उपलब्ध गराउने निर्णय गरेको हो ।

विपीको स्मृतीमा ‘विपी, समाजवाद र राष्ट्रीयता’ बिषयक अन्तरकृया

त्यस्तै, आयरल्याण्डमा नेपाली राजनीतिका शिखर पुरुष, महामानव विपी कोईरालाको स्मृतीमा ‘विपी, समाजवाद र राष्ट्रीयता’ बिषयक एक अन्तरकृया कार्यक्रम पनि सम्पन्न गरेको छ। कोरोना महामारी भौतिक रुपमा उपस्तिथ भएर कार्यक्रम गर्न असम्भव भएकाले प्रबिधीको प्रयोग गर्दै जुम मिटिंगद्वारा बाढी र पहिरोका कारण नेपालका विभिन्न ठाउहरुमा पुर्याएको जनधनको क्षती प्रती दुःख व्यक्त गर्दै आर्थिक सहयोग गर्ने निर्णय गर्दै विपीलाई स्मरण गरेको हो ।

नेपाली जनसम्पर्क समिती आयरल्याण्डका पदाधिकारी तथा सल्लाहकार र समितीका साथीहरुले विपी, समाजवाद र बर्तमान नेतृत्व तथा काग्रेसको आगामी बाटोको बारेमा आआफ्ना बिचार ब्यक्त गर्दै महामानव विपी कोईरालाको स्मृतीमा उहाँ प्रती हार्दिक श्रदान्जली अर्पण गरेका छन्।

नेपाली जनसम्पर्क समिती आयरल्याण्डका का बा सभापती लक्ष्मी सापकोटाको सभापतित्व र सस्थापक अध्यक्ष एवं गैर आवासीय नेपाली संघ यूरोप उप संयोजक शुक्रराज न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिती आयरल्याण्डका सलाहकार एवं गैर आवासीय नेपाली संघका अन्तर्राष्ट्रीय समिती सदस्य विनोद कार्की, जन सम्पर्क समितीका सलाहकार एवं एनआरएन आयरल्याण्डका निवर्तमान अधक्ष्य नवराज कोइराला, जन सम्पर्क समिती आयरल्याण्डका नेता अमृत जोशी, गैर आवासीय नेपाली संघ यू के का उपाध्यक्ष नारायण कंडेल, आयरल्याण्डका कोषाध्यक्ष सुमन गुरुङ, नेपाली समाज बेल्फस्टका पुर्व अध्यक्ष लिलाराम न्नयुरे लगायतका व्यक्तीहरुले विपीको बारेमा आफ्ना भनाइहरु राख्नुभएको थियो ।

कार्यक्रममा एनआरएन युरोप उप संयोजक एवं जन सम्पर्क समिती आयरल्याण्डका संस्थापक अध्यक्ष शुक्रराज न्यौपानेले विपीको मार्ग निर्देशन खाली कागजको पानामा उतार्दैमा मात्र नपुग्ने र वास्तबिक रूपमा सबैले अनुसरण गर्न सकेमा मात्रै पार्टी, देश र जनताले सकारात्मक अनुभुति गर्न सक्ने धारण राख्नुभयो ।

३८ औं स्मृती दिवस सम्म आई पुग्दा पनी विपीका बिचारहरु अझ समय सान्दभीक बन्दै गइरहेको र पार्टीको साखलाई जोगाई राख्ने तर्फ इंग्गीत गर्दै अझ बढ़ी कांग्रेसका नेताहरुले उहाँको पदचिन्ह्रलाई पछ्याउनु जरूरी रहेको बताउनुभयो । कार्यक्रम नेपाली जनसम्पर्क समिती आयरल्याण्डका महामन्त्री प्रकाश सापकोटाले संचालन गर्नुभएको थियो ।


प्रकाशित | ८ श्रावण २०७७, बिहीबार १३:५९