सिरहा पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर गोइत पक्राउ

सिरहा: पूर्वाधार विकास कार्यालय सिरहाका प्रमुख डिभिजनल इन्जिनियर राजकुमार गोइत प्रक्राउ परेका छन् । गोइतालाई सदरमुकामस्थित सरकारी निवासबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।  सिरहाका प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठका अनुसार सप्तरीबाट पक्राउ पूर्जी आएपछि निवासबाटै पक्राउ गरिएको हो । सप्तरी प्रहरीले सरकारी छाप किर्ते गरेको विषयमा छानबिनका लागि पक्राउ गरी पठाइदिन पत्र आएको श्रेष्ठले जनाउनुभयो ।


प्रकाशित | १४ बैशाख २०७६, शनिबार १९:३६