भाजपालाई मतदान नगर्न बलिउडका ६ सय भन्दा धेरै कलाकारहरुको संयुक्त आह्रवान

नयाँदिल्ली : भारतका सयौ कलाकार सत्तारुढ दल भारतीय जनता पार्टी प्रति रुष्ट देखिएका छन् । कलाकारले यो असन्तुष्टि भाजपालाई मतदान नगर्न आह्रवान गर्दै पोखेका हुन । बलिउडका ६ सय भन्दा धेरै कलाकारहरुले आसन्न लोकसभा चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टीलाई मतदान नगर्न संयुक्त आह्वान गर्दै त्यसको पुष्टि गरेका हुन ।

अमोल पालेकर, अनुराग कश्यप, डोली ठाकोर, लिलेट दुबे, नसिरुद्धिन शाह, अभिषेक मजुमदार, अनामिका हक्सर, नवराज जौहर, एमके रैना, महेश दत्तानी, कोंकणा सेन शर्मा, रत्ना पाठक शाह, संजना लगायत कलाकारले संयुक्त अपिलमा हस्ताक्षर गरेको समाचार एजेन्सीले जनाएका छन् । कलाकारले भारतका विभिन्न १२ भाषामा लिखित हस्ताक्षर गर्दै आह्रवान गरेका हुन ।

‘२०१९ को लोकसभा चुनाव स्वतन्त्र भारतको इतिहासमा सबैभन्दा कठिन चुनाव हो । भाजपा केही समययता सत्तामा छ । तर हिन्दुत्वका गुण्डालाई यस सरकारले जन्मायो ’ विज्ञप्तिमा भनीएको छ ।


प्रकाशित | २४ चैत्र २०७५, आईतवार ०७:५८