योगेश भट्टराई पर्यटन मन्त्री बन्दै, ४ बजे सपथ ग्रहण

काठमाडौं : सत्तारुढ नेपाल नेपाल कम्युनष्टि पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने भएका छन् । ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईकोले आज अपरान्ह्र ४ बजे  राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईको सपथ लिने कार्यक्रम रहेको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) दिउँसो भट्टराईलाई वालुवाटार बोलाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्न भनेका थिए ।

गत २०७५ फागुन १५ गते तात्कालिन मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रधानमन्त्री ओली आफैले सम्हाल्दै आएका थिए ।


प्रकाशित | १५ श्रावण २०७६, बुधबार १४:४९