एनआरएनए नर्वेबाट आइसिसी सदस्यमा राजु अर्याल निर्विरोध

ओस्लो । गैर आवासीय नेपाली संघ (एनआरएनए) नर्वेबाट आइसिसी सदस्यमा राजु अर्याल निर्विरोध निर्वाचित हुनु भएको छ । आगामी कार्यकाल (२०२१-२०२३) को लागि अर्याल पुन आइसिसी सदस्यमा निर्विरोध निर्वाचित हुनु भएको हो ।

एनआरएनए यूरोप क्षेत्रीय विज्ञ भेलाको संयोजक भएर महत्वपूर्ण जिम्मेवारी निभाउनु भएको अर्याल यूरोप क्षेत्रीय संयोजक (आरसी) मा जाने चर्चा थियो । यद्यपी एनआरएनए अभियान लामो रहेकाले सबैको सल्लाह, सुझावअनुसार आइसिसी सदस्यमा बसेको उहाँले बताउनु भयो ।

त्यस्तै, एनसिसी नर्वेमा अध्यक्ष र सचिव बाहेक सबै पदमा निर्विरोध भएको छ । अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ भने सचिवमा दुई जनाको उम्मेदवारी परेको छ ।

 


प्रकाशित | ९ श्रावण २०७८, शनिबार १९:३६