कालिन्चोक दर्शनले १२ लाख कित्ता सेयर निष्कासन गर्ने

काठमाडौं –  कालिन्चोक दर्शनले साधारण सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावितसहित १२ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो । सेयर निष्कासनका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।

नियुक्ति सम्झौतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटी र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले बिहीबार हस्ताक्षर गर्नु भएको छ ।

कालिन्चोकमा करिब ४५ करोड लागतमा निर्माण भएको केबलकार १ किलोमिटर लम्बाइको छ। केबलकारमा ४ वटा गोन्डोला (केबलकारका बक्स) छ। एउटा गोन्डोलामा १० देखि १२ जनाको क्षमता छ।


प्रकाशित | १४ माघ २०७८, शुक्रबार ११:५८