न्यूर्योक – एलिशा गुरुङले मिस नेपाल नर्थ अमेरिकाको प्रतिस्पर्धामा सहभागिता जनाउनु हुने भएको छ । यही अगस्ट ७ तारिख शनिबारका दिन हुने ग्रान्ड फिनालेमा एलिसाले सहभागिता जनाउने हुनु भएको हो । उहाँ कन्टेस्टेन्ट नं २ रहनु भएको छ ।

काठमाडौँमा जन्मनु भएकी एलीसा अमेरिकामा बसोबास गर्दै आउनु भएको छ । आमा जुनु गुरुङ र बाबा रिशमान गुरुङको सन्तानको रुपमा रहनु भएकी एलिशा निक्कै हक्की स्वभाव र समाजको लागि केही गर्नु पर्छ भन्ने विचार राख्नु हुन्छ ।

अमेरिकाको बसाइसँगै एलिशाले हेल्थ इन्फरमेसन टेक्नोलोजी विषय लिएर ब्याचलर गर्दै आफ्नो सपनालाई पूरा गर्ने सोचसँगै सानै उमेरदेखि नै चाइल्ड हेल्थ, वेमन राइटस्मा एकदमै रूचि राख्ने, महिलामाथि परेको अन्याय, अत्याचार दुर्व्यवहार विरुद्ध आवाज उठाउने र महिला दिदी बहिनीहरुको हकहितका लागि अघि बढ्ने चाहाना राख्नुहुन्थ्यो ।
प्रकाशित | २१ श्रावण २०७८, बिहीबार १६:२७