आज भारी वर्षाको सम्भावना

काठमाण्डौ : अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसूनी न्यूनचापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसम आँशिकदेखि सामान्य बदली रहेको छ ।

अहिले देशका केही ठाउँमा हल्का वर्षा भईरहेको छ । आज दिउँसो पनि देशभर आँशिकदेखि सामान्य बदली रही केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक÷दुई ठाउँमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर सामान्य बदली रही केहि ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक÷दुई ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।


प्रकाशित | १ श्रावण २०७७, बिहीबार ०८:०२