कतारमा अवैध भिसा कारोबार गर्ने एक जना एसियाली नागरिक पक्राउ

दोहा – गृह मन्त्रालयको अपराध अनुसन्धान विभागले नक्कली कम्पनी प्रयोग गरी भिसा कारोबारमा संलग्न एसियाली नागरिकलाई पक्राउ गरेको छ । उनको साथबाट १३ वटा एटिएम कार्ड र ४ वटा व्यक्तिगत परिचयपत्रका साथै एउटा ल्यापटप कम्प्युटर बरामद भएको छ ।

अभियुक्तको अनुसन्धानका क्रममा उनले आफूमाथि लागेको कुरा स्वीकार गरेका छन भने सोही अनुसार बरामद सामग्रीसहित यस सम्बन्धमा प्रक्रिया पूरा गर्न न्यायिक निकायमा पठाइएको थियो ।

गृह मन्त्रालयले अवैध भिसा व्यापारको लागि सजाय अधिकतम तीन वर्ष कैद वा पहिलो पटक कतारी रियाल ५० हजार सम्म जरिवाना र दोहोर्याइएको अवस्थामा कतारी एक लाख रियालसम्म जरिवाना रहेको जनाएको छ।

साथै मन्त्रालयले कानून र प्रक्रियाहरूको पालना गर्न आग्रह गर्दै जनतालाई यस्ता भिसाका प्रवर्द्धकहरूसँग व्यवहार नगर्न पनि अपिल गरेको छ ।


प्रकाशित | २ चैत्र २०७८, बुधबार १२:२४